चितवन । काभ्रेबाट सुरु भएको देशव्यापी करमैत्री यात्रा चितवन आइपुगेको छ । मुलुक विकासका लागि कर तिर्न आवश्यक छ भन्ने सन्देश फैलाउने उद्देश्यका साथ काभ्रेबाट सुरु भएको करमैत्री यात्रा आज चितवनमा आइपुगेको हो ।
आन्तरिक राजस्व विभाग लाजीम्पाट काठमाण्डौको आयोजनामा कार्तिक २१ गते सुरु भएको यात्रा पूर्वका विभिन्न जिल्ला हुँदै चितवनमा कार्यक्रम सम्पन्न गरेको छ । अब काठमाण्डौ पुगेर समापन हुने आयोजकले जनाएको छ ।
करमैत्रि यात्रा अन्तर्गत नारायणगढको नारायणी कला मन्दिरमा भएको कार्यक्रममा सिस्नुपानी नेपालका कलाकारहरुले कर तिर्न सकरात्मक उत्प्रेरणा जगाउने प्रस्तुती दिएका थिए । मनोज गजुरेल लगायत आधा दर्जनबढी कलाकारहरुले कर तिरौँ, भ्रष्टाचारलाई अन्त्य गरौँ भन्ने शन्देशमुलक प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सांसद, महानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उद्योगी व्यवसायी, विद्यार्थी लगायत सरोकारवाला व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ कार्तिक २०७६, १८ : ३५
लेखकबाट थप