ठगी आरोपमा पक्राउ परेका पूर्व सहायकमन्त्री रुपज्योती थुनामुक्त

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, १६ : ३३
ठगी आरोपमा पक्राउ परेका पूर्व सहायकमन्त्री रुपज्योती थुनामुक्त

काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका पूर्व सहायकमन्त्री रुपज्योती थुनामुक्त भएका छन् ।

उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् । उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

गत २१ कात्तिकमा विज्ञेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । 
उनी र व्यवसायी विजेन्द्रकृष्ण मल्लबीच लेनदेन विवाद थियो । मल्ल र ज्योतिबीच सो लेनदेनमा सरकारी वकिलको कार्यालयमा ‘सहमति’ भएपछि प्रहरीले छोडेको हो ।
 

प्रतिक्रिया दिनुहोस