सामाजिक सुरक्षा योजना हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन ल्याइएको हो : मन्त्री गोकर्ण विष्ट

शुक्रबार, २९ कार्तिक २०७६, १४ : २६
सामाजिक सुरक्षा योजना हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन ल्याइएको हो :  मन्त्री गोकर्ण विष्ट

काठमााडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न सबैलाई आग्रह गरेका   छन् ।  
सामाजिक सुरक्षा योजना हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन सरकारले ल्याएको भन्दै मन्त्री विष्टले अप्ठ्यारो परेको सामाजिक सुरक्षा योजनाले साथ दिने बताए । शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामा सबैको सहभागिता अनिवार्य रहेको पनि स्पष्ट पारे । 
उनले यो योजना बुढेसकाल होस् वा दुःख परेका बेला जतिबेला पनि यसबाट सहयोग हुने उल्ल्ेख गरे । नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी यो योजना कार्यान्वनमा ल्याएको दाबी गरे । 

प्रतिक्रिया दिनुहोस