पोखरा । पोखरा महानगरपालिका–२० भलामका मतदाताले बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसद्वारा आज यहाँ आयोजित घरदैलोका क्रममा स्थानीयवासीले बाँदरले खेती सखाप पारेकाले उचित राहतका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह गरेका थिए ।
भलाम र डाँडाखोरका झण्डै ३०० घरमा घरदैलो गरेका काङ्गेस उम्मेदवार खेमराज पौडेलले धान काट्दै गरेका कृषकसँग पनि भेट गरी मत माग्नुभयो । धान थन्क्याउने चटारोका कारण काममा नै व्यस्त देखिएका भलाम खोर र शेराखेतका कृषकले बाँदरको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । आफूहरूले बाँदरको समस्या धेरै ठाउँमा सुनाए पनि समाधानका लागि कसैले पहल नगरेको उहाँहरुको गुनासो थियो ।
काङ्ग्रेसको दोस्रो चरणको कार्यक्रमअन्तर्गत पोखरा–२० भलाममा घरदैलो कार्यक्रम गरेको कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार समितिका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो । पार्टीले पोखरा महानगरपालिकाका वडा नं ७, ९, ११, १६, ३३ लगायतका वडामा निर्वाचन लक्षित कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ कार्तिक २०७६, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
राजनीतिक मैदानको मूल खेलाडी एमाले र काँग्रेस मात्रै रहेको पुष्टि : गोकुल बास्कोटा
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
बझाङमा नेकपा एसको धरौटी जफत
इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै थेगिम
झण्डै २२ हजार मत गन्दा पनि डाक प्रसादको शून्य मत !