आगलागीमा रु दश लाख क्षति

मंगलबार, २३ माघ २०७४, १५ : १०
आगलागीमा रु दश लाख क्षति

नगरकोट । चाँगुनारायण नगरपालिका– २ झौखेलस्थित फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयवासी राजेश मचामसीले सञ्चालन गरेको राजेश फर्निचर उद्योगमा बिहान २ः३० बजे विद्युत् चुहिई आगलागी हुँदा काठ, प्लाई, दराज, यन्त्र, रङ, ग्यास सिलिण्डरलगायत सामान जलेर नष्ट भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।(रासस)

प्रतिक्रिया दिनुहोस