राज्यको निति निर्माण तहमा जेसीज नेतृत्व पुग्नु पर्छ : खनाल

मंगलबार, २६ कार्तिक २०७६, १३ : १२
राज्यको निति निर्माण तहमा जेसीज नेतृत्व पुग्नु पर्छ : खनाल

अछाम l नेपाल जेसिज बर्ष २०२० का लागि रास्ट्रीय अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले राज्यको नीति निर्माण तहमा जेसीजको नेतृत्व पुग्न आबश्यक रहेको बताउनु भएको छ । उहाँले जेसीजहरु विधिको शासन र लोकतान्त्रीक पद्धतीको कार्यान्वयनका लागि निरन्तर लाग्ने युबा भएकाले राज्यको नेतृत्वमा पुग्न आबश्यक रहेको उल्लेख गर्नुभयो ।
चुनाब प्रचार प्रसारका सिलसिलामा शाखा भम्रणमा अछाम पुग्नु भएका उम्मेद्धवार खनालले आफुले जेसिजको नेतृत्व सम्हाल्ने अवसर पाएमा ४ वटा क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठानको कार्यालय स्थापना गरि सबै शाखालाई सहज तबरले तालिम प्रदान गर्ने बताउनुभयो ।
अछाम जेसिज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाहीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा उम्मेद्धवार खनालले आफ्नो उम्मेद्धवारी राज्यका विभिन्न अंगहरुसंग समन्वय गर्न, जेसिजका हरेक क्रियाकलापलाई परिणाममुखी बनाउन, राज्यको एक अभिन्न अंगका रुपमा स्थापित गराउदैँ निति निर्माण तहमा जेसिज नेतृत्वको उपस्थीती गराउने लक्ष्यका साथ आफु चुनावमा होमिएको बताउनु भयो ।
नेपाल जेसिजको आउदोँ पौष ९ देखी १२ गते सम्म चितवनको रत्ननगरमा हुन गईरहेको ४६ औँ महाधिबेशनमा खनालले जेसिस एक अभियान भएकाले यूवाहरुको नेतृत्व विकास गर्दै समाज परिर्वतनका लागि यूवाहरुलाई संगसंगै अगाडी लिएर बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
एक अर्को प्रसंगमा बोल्दै उम्मेद्धवार खनालले अछाम जिल्ला पर्यटकिय तथा धार्मिक हिसाबले एकदमै महत्वपूर्ण जिल्ला भएको सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सफल पार्न यस क्षेत्रको पहिचान र विकासमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
खनालले आफुले जित हाँसिल गरेमा दुर्गम जिल्लामा बढी केन्द्रित हुनुका साथैँ जेसिज नभएका जिल्लामा जेसिज अभियानको थालनी गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस