काठमाडौं । बंगलादेशका राष्टपति अब्दुल हमिद आज चार दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमै पुगेर हमिदको स्वागत गर्ने तयारी छ ।
बंगलादेशको राष्ट्रपतिको तीन दशकपछि नेपालको भ्रमण हुन लागेको हो । आजै पौने १ वजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने उनी होटल म्यारियटमा बस्नेछन् । उनले खासगरी पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा आफुलाई बढी केन्द्रीत गर्न खोजेका छन् ।
उनले भक्तपुरको दरवार स्वायर, पोखरा, चन्द्रागिरी हिल्स,पाटन दरवार स्वायर लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्ने गरी कार्यतालिका बनेको छ ।उनलाई नेपालस्थित बंगलादेशका राजदुतले आज दुतावासमै साँझ रात्री भोज दिने कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि दरवारमार्गस्थित याक एण्ड यतिमा रात्री भोज दिने कार्यक्रम छ ।
उनले राष्टपति भण्डारीसँग भोलि नै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी २९ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ ।
यस्तो छ उनको भ्रमण तालिका
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ कार्तिक २०७६, ०७ : ५९
लेखकबाट थप