कास्की । कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ।
बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ता गर्नका लागि कार्यालय पुगेको केही समयपछि बम विस्फोट भएको हो । बम विस्फोट गराउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
कास्की २ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उपचुनाव हुँदैछ । बम विष्फोट भएको स्थानमा प्रहरी टोली पुगेको छ ।
विष्फोट कसले र किन गरायो हालसम्म खुलेको छैन, तर निर्वाचन अधिकृत कार्यालयनजिकै विष्फोट भएको हुनाले निर्वाचन बिथोल्ने उद्देश्यले बम विष्फोट भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
बम विस्फोटबाट घाइते भएकाहरूको उपचार सरकारले गर्ने
नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते