सात जना आतंकवादी नेपालको बाटो हुँदै भारत प्रवेश गरेको दाबी

सफल खबर संवाददाता

मंगलबार, १९ कार्तिक २०७६, १२ : ५६
सात जना आतंकवादी नेपालको बाटो हुँदै भारत प्रवेश गरेको दाबी

काठमाडौं । नेपाली भूमि हुँदै सात जना आतंकवादी भारतको उत्तर प्रदेश राज्यमा प्रवेश गरेको भारतीय गुप्तचर निकायले दावी गरेको छ ।
उत्तर प्रदेशकै अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदसम्बन्धी विवादमा अदालतले फैसला सुनाउने दिन नजिकिँदै गर्दा आतंकवादी हमलाको खतरा बढेको भारतीय गुप्तचर निकायलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
उसका अनुसार नेपाल हुँदै भारत प्रवेश गरेकामध्ये पाँच जनाको पहिचान भइसकेको छ । पहिचान भएकाहरुमा मोहम्मद याकुब, अबु हमजा, मोहम्मद शाहबाज, निसार अहमद र मोहम्मद कौमी चौधरी छन् । उनीहरु अयोध्या वा गोरखपुरमा लुकेर बसेको आशंका गरिएको पनि दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस