काठमाडौँ । घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् । चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् ।
घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि खोजतलास थालिएको उनका पति इनुस मियाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महुली खोलाको पश्चिम कुलोमा उनलाई मृत भेटाएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १६ कार्तिक २०७६, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा दुई जनासहित ४ जना मृत फेला
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए
किशोर–किशोरी हराएको एक सातापछि जंगलमा मृत भेटिए
लमजुङ बेसीशहरको होटलमा १ जना मृत भेटिए
पिंगलास्थानको होटलमा एक युवती मृत फेला
बालकोटमा बाबु–छोरा मृत भेटिए