प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

सोमबार, २२ माघ २०७४, १७ : ११
प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत

चितवन । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसको अवसर पारेर जिल्ला शाखा चितवनले पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारीले लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका दुई जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

२० हजार रुपैयाँ राशिको शारदा तिलचन्द्र पत्रकारिता पुरस्कारबाट हरिप्रसाद पोखरेल र १५ हजार रुपैयाँ पुरस्कार राशि भएको कमला स्मृति पत्रकारिता पुरस्कारबाट विनोद त्रिपाठी पुरस्कृत भएका हुन् । पोखरेल नेपाल पत्रकार महासंघ चितवनका शाखाका पूर्व अध्यक्ष एवम् स्थानीय सञ्चार पत्र दैनिकका सम्पदक समेत हुन् ।

पत्रकार त्रिपाठी भने कान्तिपुर दैनिकका उपसम्पादक हुन् । त्यस्तै चितवनबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका पत्रकारहरु कृष्ण गिरी र सिर्जना अर्याललाई समेत बधाई पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्रबहादुर खड्का, नेकपा माओवादी केन्द्रका नेता यमबहादुर परियार, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, नेपाल पत्रकार महासंघ चितवनका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, प्रेस चौतारीका केन्द्रीय सदस्यहरु शालिग्राम नेपाल र शिशिर सिंखडा, प्रेस युनियन चितवनका उपाध्यक्ष पूर्ण प्रसाद शर्मा, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली, क्रान्तिकारी पत्रकार संगठनका कोषाध्यक्ष नवराज ढकाल, भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख ईन्जिनियर विराट घिमिरे, पुरस्कृत पत्रकार हरिप्रसाद पोखरेल, उद्योग वाणिज्य महासंघका सदस्य एवम् शारदा तीलचन्द्र पत्रकारि पुरस्कारका दता तिलचन्द्र भट्टराई, कमला स्मृति पुरस्कारका दता धर्म कार्कीलगायतले मन्तव्य राखेका थिए ।

शाखा अध्यक्ष तीर्थ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुवाष पण्डितले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा भरतपुर महानगरको फोहोर मैला व्यवस्थापन विषयक अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियाका क्रममा वक्ताहरुले फोहोरलाई मोहोरमा परिणत गर्दै सफा र सुन्दर भरतपुर बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस