काठमाडौं । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपाबाट विद्या भट्टराईले टिकट पाउने नपाउनेमा अझै अनिश्चित बनेको छ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेपछि यस्तो अवस्था आएको हो ।
यसअघि जिल्लाले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराइको मात्रै नाम सिफारिस गरेको भएपनि प्रदेशले थप दुई जनाको नाम सिफारिस गरेको हो ।
प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको हो ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ कार्तिक २०७६, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने
बझाङमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
उपनिर्वाचनका लागि एमालेले बनायो ५०१ सदस्यीय समिति
उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने
कांग्रेसले तोक्यो उपनिर्वाचन परिचालन संयोजक