सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मङ्गलबारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज
अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथामा
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
भारतीय पर्यटकले ठोरी खचाखच