काठमाडौँ । सिन्धुपाल्चोकको चौतारास्थित आहालडाँडामा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
बा५८प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो । चौताराबाट इर्खुतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना भएको थियो । घाइते कुँवरलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १२ कार्तिक २०७६, १९ : ०९
लेखकबाट थप