बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, ११ कार्तिक २०७६, १२ : ३५
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी १ का ३० वर्षीय अनिल अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ५५ प २१३१ नम्बरको मोटरसाइकल खैरहनी ८ पर्सा बजारमा गए राति ठोक्किएको थियो । 
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस