विमान लिफ्ट केवलमा अल्झिएर दुर्घटना भएपछि तस्विर भयो भाइरल

एजेन्सी

विहीबार, ०७ कार्तिक २०७६, १३ : ५८
विमान लिफ्ट केवलमा अल्झिएर दुर्घटना भएपछि तस्विर भयो भाइरल

एजेन्सी । जहाज दुर्घटनाका विभिन्न कारणहरु हुन्छन् र जहाज दुर्घटनाका प्रकार पनि कारणअनुसार फरक फरक छन् । पछिल्लो दुई हप्तामा एउटा तस्बिर भाइरल भएको छ ।

जहाज दुर्घटनामा एक जनाको मृत्यु पनि भएन् जहाजले जमिन पनि छोएन । तर पाइलटलाई भने गम्भीर चोट लाग्यो । उनको अवस्था अहिले सामान्य बन्दै गएको छ ।

डेलीमेलको समाचारअनुसार विमान लिफ्ट केवलमा नराम्रोसँग अल्झिएर दुर्घटना भएको हो । विमान तल पनि झरेन । तर जहाज उल्टियो । जहाज उल्टिएका कारणले गर्दा पाइलट जमिनमा झरे । त्यसैले उनलाई गम्भीर चोट लाग्यो ।

पाइलटसँग जहाजमा ५५ वर्षीय एक पर्यटक पनि सवार थिए । उनलाई २० सुरक्षाकर्मी र फायर ब्रिगेडको टोलीले सककुसल उद्दार गर्यो । उद्दारमा डेढ घन्टाको समय लाग्यो ।

यो दुर्घटनालाई संसारभर चमत्कारीक दुर्घटना भनेर टिप्पणी गरिएको छ । यो घटना इटलीको हो । घटनापछि दुईवटा हेलिकप्टरको सहायतामा उद्दार कार्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस