साल्ट ट्रेडिङ्गको अभियान : गाउँगाउँमा सुपथ मुल्यको घुम्ति सेवा

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, १७ : ०८
साल्ट ट्रेडिङ्गको अभियान : गाउँगाउँमा सुपथ मुल्यको घुम्ति सेवा

चितवन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड चितवनले चाडवाडलाई ध्यानमा राखेर गाउँगाउँमा घुम्तिसेवा पु¥याएको छ ।सोमबार कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिका कार्यालयबाट सेवा शुरु गरेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । 

पूर्व क्षेत्रमा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमदादेवी दुवाडी र कालिका नगरपालिकाकी उपप्रमुख कमला भट्टराईबाट घुम्ती सेवाको शुरुवात गरी सुपथ मूल्यको सामान विक्री वितरण थालिएको दाहालले जानकारी दिनुभयो ।

यस्तै माडी नगरपालिकामा पनि सोमबारबाटै घुम्ती सेवा शुरु गरिएको जानकारी दिँदै उहाँले यस अघिदेखि नै ईच्छाकामना गाउँपालिकामा भने सेवा जारी रहेको बताउनुभयो । आज राप्ती र खैरहनी नगरपालिकामा सेवा दिने दाहालले बताउनुभएको छ । 

सर्वसुलभ हुने भएपछि यसरी शुरु गरेको सुपथ मूल्यको पसलमा ग्राहकहरु आकर्षित भएका छन् । सेवा शुरु गर्दै दाहालले जनताको घरमा सेवा पुर्याउन पाउँदा आफूलाई खुसी लागे बताउनुभयो । उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतको निर्देशन र सुझाव अनुसार यसरी सेवालाई गाउँगाउँ पु¥याइएको हो । उहाँले घुम्ती सेवाबाट गाउँगाउँका जनतालाई खाद्यान्ह लिन राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

दशैं अघि देखि नै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड चितवनले नुन, चिनी, दाल गेडागुडी लगायत ३० प्रकारका खाद्य सामग्री नारायणगढस्थित कार्यालयबाटै विक्रिवितरण गर्दै आएको छ । यो सेवा छठ पर्वसम्म नै उपलव्ध हुने छ । शनिबारसमेत पसल खुला गरेर सेवा दिन कर्मचारी खटिएका छन् ।

यहाँ चिनीको मूल्य प्रतिकेजी ७२, नुनको मूल्य १८ रहेको छ । ग्राहकले एक पटकमा एक जनाले ६ केजी चिनि र दुई केजी नुन खरिद गर्न सक्ने छन् भने अन्य गेडागुडी दाल आवश्यक मात्रामा लैजान सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस