मानवअधिकार प्रतिष्ठानका अध्यक्षमा कोजू

आइतबार, २१ माघ २०७४, १५ : ०९
मानवअधिकार प्रतिष्ठानका अध्यक्षमा कोजू

नगरकोट । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुरका अध्यक्षमा राजेन्द्र कोजूका अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चुनेको छ ।
शनिबार सम्पन्न प्रतिष्ठानको वार्षिक साधारणसभाबाट निर्वाचित उपाध्यक्षमा नवराज घिमिरे, सचिवमा सञ्जीव खनाल र सहसचिवमा रत्नबहादुर राई तथा सदस्यमा विश्वराम दुवाल, शिवहरि खनाल र गोकर्ण दाहाल रहनुभएको छ ।

सभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सभापति भवानी खरेलले अहिले पनि मानवाधिकारको क्षेत्र निकै जोखिमपूर्ण रहेको बताउदै मानवअधिकार रक्षाका लागि दातृ संस्थाको भर नपरी स्वतःस्फूर्त काम गर्नुपर्ने औंँल्याउनुभयो । प्रतिष्ठानका महासचिव मनोज भट्टराईले मानवअधिकार सबैको अधिकार भएकाले कुनै पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताउनुभयो ।
गोदामघर बन्दै
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले रु एक करोड पाँच लाखको लागतमा बनेको सोसाइटी बालकोट उपशाखाको बहुउद्देश्यीय भवन शनिबार उद्घाटन गर्नुभएको छ । उपशाखाको १८ औं साधारणसभाका अवसरमा अध्यक्ष थापाले भृकुटीभण्डपस्थित रक्तसञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको अत्याधुनिक ब्लड बैंक निर्माण गरिने जानकारी दिनुभयो ।
रेडक्रसले विपद्को क्रममा खोज तथा उद्धार, राहत र पुनर्लाभसँगै ९० प्रकृतिका सेवा देशभर प्रवाह गरिहेको बताइएको छ । सोसाइटीका देशभरमा एक हजार पाँच सय उपशाखा छन् । रेडक्रसले सात हजार भूकम्प प्रभावितको निजी घर, सयौँ स्वास्थ्यचौकी र विद्यालय तथा भक्तपुरमै चिनियाँ रेडक्रसको सहयोगमा देशकै ठूलो राहत सामग्रीको गोदामघर निर्माण गरिरहेको जनाइएको छ । इटहरी रसाँफेबगरमा पनि गैरखाद्य राहत सामग्रीको गोदामघर निर्माण गर्ने प्रक्रिया अघि बढ्दैछ ।(रासस)

प्रतिक्रिया दिनुहोस