प्रदेश २

सुरु भयो प्रदेश २ को पहिलो प्रदेशसभा बैठक

आइतबार, २१ माघ २०७४, १३ : ०४
सुरु भयो प्रदेश २ को पहिलो प्रदेशसभा बैठक

जनकपुरधाम । प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभाको प्रथम बैठकको लागि सभास्थललाई दुलही झैं सिंगारिएको छ। प्रदेश सांसद उत्साहका साथ बैठकमा सहभागि भएका छन्। बैठकले सभामुखको निर्वाचनको मिति तय गर्ने छ ।

जनकपुर स्थित शैक्षिक तालिम केन्द्रमा व्यवस्था गरिएको बैठक स्थलमा सुरक्षा व्यवस्था दुरुस्त पारिएको छ।  

सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको छ जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको हो।

प्रतिक्रिया दिनुहोस