इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई

आइतबार, २१ माघ २०७४, १२ : २२
इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई

इलाम । इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिको अध्यक्षमा विजय राई चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको प्रथम अधिवेशन तथा साधारणसभाले राईको नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेम सापकोटा, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्या भट्टराईलाई चयन गरेको छ । समितिको सदस्यहरूमा सुशिला सापकोटा, देवेन्द्र शंकर, शारदा उप्रेती पराजुली, कमला बााँस्कोटा रिजाल, निमदोर्जे शेर्पा, कुमारी खडका, रुपबहादुर तामाङ, जितबहादुर लिम्बू, उमेश महत, विक्रम कर्मचार्य र विनोद दाहाल रहनुभएको छ ।

अधिवेशनको इलाम क्षेत्र नं १ को (ख) का प्रदेश सभा सदस्य काजीमान कागतेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली, जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइली, अग्रज पत्रकार धर्म गौतम लगायतले इलामको पर्यटकीय सम्भावनाबारे प्रकाश पार्नु भएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस