भीडबाट खसेर मृत्यु

आइतबार, २१ माघ २०७४, १० : ४६
भीडबाट खसेर मृत्यु

रुकुम । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीडबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीडबाट लडेर मृत्यु भएको हो । बाटोभन्दा करिब सय मिटर तल खसेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस