नेपाल–चीन कला प्रदर्शनी आजदेखि शुरू

शनिबार, २० माघ २०७४, १८ : ३१
नेपाल–चीन कला प्रदर्शनी आजदेखि शुरू

काठमाडौँ । नेपाल कला परिषद् र नेपाल चीन ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाद्वारा आयोजित ‘प्रथम ओबोर चीन–नेपाल लाक्वेर चित्रकला प्रदर्शनी’ आजदेखि शुरू भएको छ ।

परिषद्को कार्यालय बबरमहलमा शुरू भएको प्रदर्शनीमा नेपाली कलाकारले बनाएको ३५ र चिनीया कलाकारले बनाएको ६५ गरी करिब १०० वटा चित्रकला राखिएको छ ।

न्यू आर्ट सर्कल सहप्रायोजक रहने सो प्रदर्शनीमा नेपालका शङ्करनाथ रिमाल, नरेशसुन्दर संैँजु, हरिबहादुर खड्का, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, टार्जन साङ्पाङ, शान्तकुमार राई, किरण मानन्धर र कृष्ण मानन्धर तथा चीनका ३५ कलाकार सहभागी छन् ।

प्रदर्शनीमा बुद्ध, प्रकृति, पुल, हिमाल, हात्ती, नारी भू–दृष्य, मूर्त÷अमूर्तलगायतका चित्र राखिएको छ । विशेष वनस्पतिबाट प्राप्त लाहा (खोटो) बाट बनाइएका चिनियाँ चित्रको परम्परा आठ हजार वर्ष पुरानो मानिन्छ । जुन अहिले विश्वभरि प्रचलनमा आइसकेको छ । प्रदर्शनी यही माघ २६ गतेसम्म चल्ने छ ।

प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीन कला संस्कृतिमा अत्यन्त सम्पन्न मुलुक भएको र सम्पन्नतामाथि दुवै देशका कलाकारको ठूलो योगदान रहेको बताउनुभयो । “एक देशको कला अर्को देशमा समेत प्रवद्र्धन भइरहेको र दुवै देशका लागि यो खुशी मात्र होइन, गौरव गर्न लायक कुरा हो”, उपराष्ट्रपति पुनले भन्नुभयो । चिनियाँ कालाकारले त्यहाँको चित्रकलाबारे जानकारी गराउँदा चिनियाँ कलाकारको प्रवद्र्धन भएको उपराष्ट्रपति पुनको भनाइ छ ।

उपराष्ट्रपति पुनले नेपालमा संविधान भएसँगै सबै तहको निर्वाचन सम्पन्न भएको सन्दर्भमा अब मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको बताउनुभयो । नेपाल कला परिषद्का अध्यक्ष सत्यमोहन जोशी र परिषदका महासचिव शंकरनाथ रिमालले कला संस्कृतिको माध्यमबाट दुई देशबीच सांस्कृतिक संवद्र्धन बढाउन अध्ययन अनुुसन्धान र प्रदर्शनीजस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल–चीन ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाका अध्यक्ष वील ओइले चित्रकला प्रदर्शनीले चीन र नेपालको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

चीनको गोन्जाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईले प्रदर्शनीले चीनका लागि संस्कृति इतिहास र जनजीवनबारे ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस