भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सामयिक नभएको नेकपा माओवादी केन्द्रको प्रतिक्रिया

शनिबार, २० माघ २०७४, १६ : ३०
भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सामयिक नभएको  नेकपा माओवादी केन्द्रको प्रतिक्रिया

काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सामयिक नभएको टिप्पणी गरेको छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काम चलाउ सरकार रहेको अवस्थामा भएको भारतीय विदेशमन्त्री स्वराजको  भ्रमण कुटनीतिक तथा राजनीतिक दुवै रुपमा उपयुक्त नरहेको प्रतिक्रिया दिइन् । प्रवक्ता भुसालले निर्वाचनपछि नयाँ सरकार समेत नबनेको अवस्थामा छिमेकबाट उच्चस्तरीय भ्रमण हुनु स्वभाविकै भएपनि राजनीतिक तथा कुटनीतिक रुपमा भने उपयुक्त हुन नसक्ने तर्क गरिन् ।

विहिबार नेपाल भ्रमणमा आउनु भएकी भारतीय विदेश मन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि ‘वान टु वान’ वार्ता गरेकी थिइन् ।
 

प्रतिक्रिया दिनुहोस