करेन्ट लागेर एक जनाको मृत्यु

शुक्रबार, १७ असोज २०७६, १७ : २३
करेन्ट लागेर एक जनाको मृत्यु

बनियानी । झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै करेन्ट लागेर उहाँकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् । आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर चौलागाईं दम्पति घाइते भएका थिए । घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पम्फादेवीको सोही अस्पतालमा उपचार भइरहेको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस