दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ जना पक्राउ

शुक्रबार, १७ असोज २०७६, १३ : ३२
दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ जना पक्राउ

काठमडौँ । ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । 

विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी रु दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस