महोत्तरीमा युवतीको बलात्कार गरी हत्या

विहीबार, १६ असोज २०७६, १८ : ०४
महोत्तरीमा युवतीको बलात्कार गरी हत्या

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो । 

उहाँले मृतक युवती शर्मिला दनुवारको मुख र घाँटी बाँधिएको, दुईटै आँखामा नीलडाम भएको, शरीरको विभिन्न भागमा चोटपटक लागेको तथा योनीबाट अत्यधिक रक्तश्राव भएको अवस्थामा शव फेला परेकोले उनको बलात्कार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस