मोटरसाइकलको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १६ असोज २०७६, ०९ : १९
मोटरसाइकलको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

चितवन । मोटरसाइकलको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १२ मिलनचोकका ८२ वर्षीय उमाकान्त गैरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 

गैरेलाई पूर्वबाट पश्चिमतर्फ गैइरहेको ना ४८ प ५००६ नम्बरको मोटरसाइकलले हिजो साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा राती मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एक नारायन कोइरालाले बताए । 

उनको शव अहिले भरतपुर अस्पतालमा लगिएको छ भने मोटरसाइकल र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस