बसमा यात्रारत एक युवती बलात्कृत

सफल खबर संवाददाता

बुधबार, १५ असोज २०७६, ०९ : ४४
बसमा यात्रारत एक युवती बलात्कृत

काठमाडौं । धरानबाट विराटनगरतर्फ आइरहेको एउटा बसमा यात्रारत एक युवती बलात्कृत भएकी छिन् । 

को १ ख ४६२७ नम्बरको बसमा सोमबार बेलुकी भएको घटनामा आरोपित चालक मोरङ सुन्दर हरैचाका विकास कसाई, सिरहाको सुरेन्द्र भुजेल, झा सुरुङ्गाका सुरज थापा र मोरङ बेलबारीका आशिष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 
 
बसमा यात्रा गरिरहेकी २२ वर्षीया युवतीलाई एक्लै पारेर बलात्कार गरेको घटना खुलेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस