महरा प्रकरण: ताकेता गर्दा पनि लिखित उजुरी आएन

मंगलबार, १४ असोज २०७६, २१ : १८
महरा प्रकरण: ताकेता गर्दा पनि लिखित उजुरी आएन

नेपाल प्रहरीले सभामुखबाट राजीनामा दिनुभएका  कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लिखित उजुरी नपरेकाले मौखिक उजुरीकै आधारमा प्रारम्भिक अनुसन्धान भने चलिरहेको राससलाई बताउनुभयो । 

“लिखित जाहेरीका लागि प्रहरीले ताकेता ग¥यो, अहिलेसम्म आएको छैन तर जानकारी आउनेबित्तिकै प्रहरीले आइतबार रातिदेखि नै अनुसन्धान गरिरहेको छ”, सुवेदीले भन्नुभयो ।

उहाँका अनुसार आइतबार राति ९ः०५ बजे प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोनमार्फत मौखिक जानकारी प्राप्त भएको थियो ।

सोही जानकारीका आधारमा रातिदेखि नै घटनाबारे अनुसन्धान भइरहेको र घटनामा जोडिएका सबै वस्तु सुरक्षित रहेको  प्रहरीले जनाएको छ । 

परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रारम्भिक अनुसन्धान भइरहे पनि लिखित उजुरी नआएसम्म अन्य प्रक्रिया अगाडि बढ्न समस्या हुने बताउनुभएको छ ।

सोमबार विभिन्न सञ्चारमाध्यममा  महराले आफ्नो कोठामै आएर दुव्र्यवहार गरेको जनाउँदै ती महिलाको नाम जोडेर समाचार प्रकाशन भएको थियो ।  दुव्र्यवहार गरिएको आरोप लगाउने ती महिला कर्मचारीले आज भने आफैँले घटनाको खण्डन गर्दै आफूले डिप्रेसनको औषधि खाइरहेको र आवेगमा के बोलेँ आफूलाई नै पत्तो नभएको भनी बताएकी छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले रिसको झोँकमा सभामुख महरा परेको उल्लेख गरेकी छन् । राससमा प्राप्त अडियोमा उनले आफ्ना बाबु समानको मान्छेसँगको सम्बन्धलाई अनावश्यक रुपमा जोडेको र उचालेको जिकिर गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस