क्यान्सरका कारण फेरि अर्का कैदीको पनि मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १८ : ४१
क्यान्सरका कारण फेरि अर्का कैदीको पनि मृत्यु

चितवन । कारागार कार्यालय भरतपुरका अर्का एक कैदीको पनि क्यान्सरका कारण मृत्यु भएको छ । बारा पर्सौनी ६ का ६३ वर्षीय छोटेलाल महत्तोको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काप्mलेले बताए । 
उनको आज दिउँसो ३ः१५ बजे विपी कोईराला क्यान्सर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काप्mलेले बताए । पेटको क्यान्सर पीडित महत्तोलाई विरगञ्ज कारागारबाट २०७५ साल चैत्र १५ गत्ते भरतपुर ल्याईएको थियो । 
उनीविरुद्ध २०७५ साल कार्तिक २२ गत्ते सरकारी दस्तखत छाप किर्ते गरेको अभियोगमा १ वर्ष ३ महिना कैद र १८ लाख ४० हजार जरिवाना सजाय तोकिएको थियो । २०७६ जेठयता ४ कैदीको क्यान्सरकै कारण मृत्यु भईसकेको कारागार कार्यालयले जनाएको छ ।

गएराति पनि धादिङ गजुरी गाँउपालिकाका ३६ वर्षीय साइला भनिने राजकुमार राईको क्यान्सरकै कारण मृत्यु भएको थियो । गएको जेठ ३ गत्ते सरिता थिङ्ग, र असार ७ गत्ते भरतबहादु थापा मगरको क्यान्सरकै कारण मृत्यु भएको भरतपुर कारागारले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस