चितवन । गाई काटेको आरोपमा पूर्व चितवनबाट ३ जना पक्राउ परेका छन । कालिका नगरपालिका– ३ दुइसय विघास्थित एक घरमा गाइ काटेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेहरुमा साही स्थानकी ३५ वर्षीय नीरमाया तामाङ, १८ वर्षीय अमिर तामाङ र २७ वर्षीय अन्जना तामाङ रहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । उनिहरुलाई आज विहान ८ः५५ बजे नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस