भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण बारे नारायणकाजीका दुई ट्वीट

शनिबार, २० माघ २०७४, १३ : २०
भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण बारे नारायणकाजीका दुई ट्वीट

काठमाडौं । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा भएका राजनीतिक भेटघाटलाई लिएर माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले असन्तुष्टि जनाएका छन् । उनले शुक्रवार र शनिवार दुई ट्वीट मार्फत आफ्नो धारणा राखेका हुन् ।

शनिवार विहानको ट्वीटमा उनले भनेका थिए, ‘अधिकांक नेपाली राजनीतिक नेताहरु कुटनीतिक आचारसंतिहा उल्लङ्घनमा ‘प्रतिबद्ध’ देखिएका छन् । ध्यान नपुगेर होइन । हिनग्रन्थी र निहित राजनैतिक स्वार्थ ? दुख र ग्लानिको अनुभूति हुन्छ । ठूला छिमेकीहरु उपनिवेश बन्दासमेत पूर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्भाभिमान आज गिराईदैछ ।’

शुक्रवारको ट्वीटमा श्रेष्ठले सुष्माको भ्रमण राजनीतिक र कुटनीतिको सामन्य प्रचलन भन्दा बाहिरबाट भएको उल्लेख गरेका थिए । उनले आफुहरुले नेपालको स्भाभिमान र राष्ट्रिय हितमा ध्यान दिनुपर्ने पनि ट्वीटमा उल्लेख गरेका थिए । श्रेष्ठ माओवादीका विदेश विभाग प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस