अनिवार्य मतदानमा सहभागि हुन नेपाली काँग्रेसद्धारा सर्कुलर जारी

शनिबार, २० माघ २०७४, १३ : १३
अनिवार्य मतदानमा सहभागि हुन नेपाली काँग्रेसद्धारा सर्कुलर जारी

काठमाडौँ । नेपाली काँग्रेसले माघ २४ गते सात वटै प्रदेशहरुमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि  अनिवार्य मतदानमा सहभागि हुन सर्कुलर जारी गरेको छ ।

पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले  कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु स्वदेश तथा विदेश जहाँ रहेके भएपनि  माघ २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनु हुन तथा  पार्टी एवं राष्ट्रिय सभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहन निर्देशन दिइएको जानकारी दिए ।

युस्तै माघ २४ गते आ–आफ्नो प्रदेशको मतदान स्थलमा हुने राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न पनि काँग्रेसले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस