विप्लव नेकपाको चेतावनी : पार्टि बाहिरका व्यक्तिबाट चन्दा संकलन गर्नेलाई कारबाही हुने

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, १८ : ३३
विप्लव नेकपाको चेतावनी : पार्टि बाहिरका व्यक्तिबाट चन्दा संकलन गर्नेलाई कारबाही हुने

चितवन । विप्लव नेतृत्वको नेकपा भरतपुर महानगर कमिटिले केहि व्यक्तिले पार्टिको अनुमतिविना चन्दा संकलन गरीरहेको जनाएको छ । कमिटिका सेक्रेटरी देवकुमार र इन्चार्ज विजय शर्माद्धारा हस्ताक्षरीत विज्ञप्तीमा अनुमतिविना भईरहेको चन्दा संकलन प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

विज्ञप्तीमा यसअघि नै पार्टिबाट निष्काशन गरिएका पुरन राई लगायतका केही व्यक्तिले मालपोत कार्यालय चनौली, स्मल हेबेन स्कुल कैलाश नगर, जानकी मावि विभिन्न स्थानबाट पार्टिको नाममा आर्थिक सहयोग लिएको पाईएको उल्लेख छ । 

यस्ता गतिविधि नसच्चिए उचित कारबाही गर्ने चेतावनी पनि दिईएको छ । पार्टिको नाममा आर्थिक सहयोग लिन आएको पाइएमा पार्टिको महानगर कमिटिलाई खवर गर्न उद्योगी व्यवसायीहरुलाई अनुरोध पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस