वसन्तोत्सवमा ओबोर वृत्तचित्र

शनिबार, २० माघ २०७४, १३ : ०५

काठमाडौँ । चिनियाँ नव वर्ष २०१८ वसन्तोत्सव (छुनचिएको) का अवसरमा एक क्षेत्र एक मार्ग(ओबोर) सम्बन्धी चिनियाँ वृत्तचित्र यहाँ प्रस्तुत गरिएको छ ।

अरनिको समाजद्वारा शुक्रबार साँझ आयोजित कार्यक्रममा प्रस्तुत वृत्तचित्रमा उक्त मार्गको प्रस्तावना, इतिहास, त्यसका आर्थिक तथा वित्तीय पक्षलगायत विषय समावेश गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चीन फिङले सन् २०१३ सेप्टेम्बर ७ मा कजाखस्थानको औपचारिक भ्रमणका बेला पहिलो पटक सो अवधारणा प्रस्तुत गर्नुभएको थियो । समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस