वाईसिएलले भन्यो ‘ज्ञानेन्द्रबहादुर शाही गणतन्त्रवादी युवाको निसानीमा परे’

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, ०९ : ५४
वाईसिएलले भन्यो ‘ज्ञानेन्द्रबहादुर शाही गणतन्त्रवादी युवाको निसानीमा परे’

चितवन । वाईसिएल चितवनले ज्ञानेन्द्रबहादुर शाही गणतन्त्रवादीहरुको निसानीमा परेको बताएको छ । पत्रकारसँग कुरा गर्दै वाईसिएल चितवन अध्यक्ष इश्वर रेग्मीले साहीलाई गणतन्त्रवादी युवाहरुले आक्रमण गरेको बताएका हुन् । 

रेग्मीले साहीलाई चितवनवासीले सम्झाएर पठाएको बताए । उनले गणतन्त्र विरोधिलाई चितवनवासीले मन नपराउने हुँदा यो दुखःद घट्ना भएको बताए । उनले भने ‘चितवन सचेत नागरिक बस्ने जिल्ला हो, यहाँका जनताले छिटो रियाक्ट गर्छन, गणतन्त्रविरोधिलाई मनपराउँदैनन्, त्यसैको उपज हो उनिमाथिको आक्रमण ।’

अध्यक्ष रेग्मीले नेकपा निकटका कुनै पनि विद्यार्थी, युवाहरुको संलग्नता नरहेको दावी गरेका छन् । विना प्रमाण आफूलाई मन नपर्ने व्यक्तिलाई भ्रष्टाचारी भन्ने, गालीगलोज गर्ने, चेतावनी दिने, मानमर्दन गर्ने लगायतका गतिविधि गर्ने छुट शाहीलाई नरहेको रेग्मीको भनाइ छ । उनले भने ‘हामी पनि भ्रष्टाचारको विरोधि हांै, समृद्धि, सम्मुनत विकसित नेपालका लागि लड्छौँ तर जस्लाई जे मन लाग्यो त्यही गर्दै, बोल्दै हिड्ने अधिकार कसैलाई छैन् ।’

यद्यपी जस्ले घट्ना घटाए पनि यो दुखःद भएको बताए । कहिलेकाहीं भिड्ने गलतको विरुद्ध गलत गर्नेगरेको भन्दै भने ‘सार्वजनिक स्थानमा एक व्यक्तिले तथानाम बोल्दै हिड्यो भने नजिकै भएका एक अर्का भद्र व्यक्तिले २ झापड हानेर घर लखेट्ने काम गर्छ, यो मानेमा फेरि सही छ ।’
 

प्रतिक्रिया दिनुहोस