कांग्रेस चितवनले भन्यो, ‘शाही माथी सत्ता र शक्तिको आडमा आक्रमण भयो’

आइतबार, १२ असोज २०७६, १९ : ५९
कांग्रेस चितवनले भन्यो, ‘शाही माथी सत्ता र शक्तिको आडमा आक्रमण भयो’

चितवन । नेपाली कांग्रेस चितवनले भरतपुरमा भएको ज्ञानेन्द्र बहादुर शाही माथीको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ती निकालेर कांग्रेसले संविधाले प्रदान गरेको नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता तथा मौलिकहकविरुद्ध सांघतिक आक्रमण हुनु निन्दनीय भएको बताएको छ । 

कुनै पनि नागरीकको आवजलाई हिंसात्मक ढंगबाट सत्ता र शक्तिको आडमा दमन गर्न खोजेको आरोप लगाएको छ । जिल्ला सभापति जित नारायण श्रेष्ठद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ।‘अराजक गतिविधिहरु तत्काल बन्दगरि उक्त घट्नामा संलग्न दोषीहरुलाई तत्काल कानुनी कारवाहिको दायरामा ल्याउन जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस