चितवन । नेपाल शैक्षिक परामर्श संघ चितवन शाखाले आउदै गरेको विजय दशमी, शुभ दिपावली तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । शाखाले आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो ।
प्रतिनिधी सभा सदस्य तथा कानुन, न्याय मानवअधिकार समितीका सभापती कृष्ण भक्त पोखरेलले आउदै गरेको पर्वको शुभकामना व्यक्त गर्दै सवैमा शिक्षाको उज्यालो छर्नुपर्ने बताए । उनले सवै नेपालीले सवै नेपालीको चाडपर्वहरु एक अर्काले आत्मसात गर्दै जानुपर्ने बताए ।
यस्तै प्रदेश सभा सदस्य तथा प्रदेन नं ३ का कृषी वन तथा शिक्षा समितिका सभापती घनश्याम दाहाल (अविनाश) ले चाडपर्वले नेपालीहरुविच भातृत्व कायम हुने भन्दै शुभकामना व्यक्त गरेका छन ।
कार्यक्रममा उद्योग वाणीज्य संघ चितवनका वरीष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघ चितवनका वरीष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल, युवा उद्यमी मञ्च चितवन का अध्यक्ष दाताराम घिमीरे, इक्यान केन्द्रका केन्द्रीय सदस्य यज्ञ विलाश पौडेल, इक्यान चितवनका संस्थापक अध्यक्ष श्याम वहादुर कंडेल, निवर्तमान अध्यक्ष भानुभक्त खरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०७६, १९ : ४७
लेखकबाट थप