राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्याक्षमा मनोनित

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, १३ : ५८
राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्याक्षमा मनोनित

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्याक्षमा मनोनित भएका छन् । इन्डोनेशियाको बाताममा सम्पन्न एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको सम्पन्न कांग्रेसले उपाध्याक्षमा नेपालका श्रेष्ठलाई दोस्रो पटक मनोनित गरेको हो । 

श्रेष्ठ यसअघि उक्त संस्थाका उपाध्यक्ष थिए । यस्तै कांग्रेसले ५५ औं शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेस प्रतियोगिता आयोजनाको लागि नेपालले गरेको प्रस्ताव अनुमोदन गरेको बताइएको छ । ५४ औं संस्करणका लागि माल्दिभ्सले आयोजनाको तयारी गरिसकेकाले नेपाललाई ५५ औं शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फिटनेश आयोजना गर्नका लागि बैठकले अनुमोदन गरेको नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले विज्ञप्तीमार्फत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस