जंगली हात्तीले आक्रमण गर्दा माडीमा एक वृद्धाको ज्यान गयो

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, ११ : ५८
जंगली हात्तीले आक्रमण गर्दा माडीमा एक वृद्धाको ज्यान गयो

चितवन । जंगली हात्तीले आक्रमण गर्दा चितवनको माडीमा एक वृद्धाको ज्यान गएको छ । माडी नगरपालिका १ दौपतिनगरकी ६२ वर्षीय पञ्चमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
घर नजिकै बाटोमा हिँडिरहेकी पञ्चमायालाई शनिवार राति ९ः४५ बजे जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । 
हात्ती अहिले राति पनि सोही स्थानमा घुमिरहेकाले स्थानीय त्रासमा रहेको पत्रकार गोविन्द न्यौपानेले बताए ।  
 

प्रतिक्रिया दिनुहोस