ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि बोले गगन थापा

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०७६, २२ : ५७
ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि बोले गगन थापा

फाइल फोटो

काठमाडौं–  भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रममण भएकोप्रति काँग्रेस नेता गगन थापाले विरोध गरेका छन् । 

उनले आक्रमणमा संलग्नहरुलाई कायरको संज्ञा दिँदै उनीहरुका बारेमा टिप्पणी गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।

‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ।’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

भरतपुरको चौविसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस