अनेरास्ववियुले खैरहनीका निजि विद्यालयहरुमा लगायो ताला

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०७६, १६ : ४०
अनेरास्ववियुले खैरहनीका निजि विद्यालयहरुमा लगायो ताला

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेका केही निजि विद्यालयहरुमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी खैरहनी नगर कमिटीले संयुक्त रुपमा ताला लगाएको छ । खैरहनी नगरपालिकामा रहेका निजि विद्यालयहरुले विद्यार्थीको अभिभावकहरुको ढाड सेक्ने गरी मासिक शुल्कमा वृद्धि गरिएकोले आफूहरु बाध्य भएर ताला लगाउनु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

शिक्षा जस्तो संवेदनशील विषयलाई व्यवसायिकरण गर्न खोजिएकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको अनेरास्ववियु खैरहनी नगर कमिटीका संयोजक सरोज घतानीले जानकारी दिनुभयो । खैरहनीका निजि विद्यालयहरुको शुल्क घटाउन सम्पूर्ण शैक्षिक संस्थाहरुलाई अनुरोध समेत गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस