ट्र्याक्टर दुर्घटनामा दुईको मुत्यु, एक घाइते

शनिबार, २० माघ २०७४, १२ : १७
ट्र्याक्टर दुर्घटनामा दुईको मुत्यु, एक घाइते

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकजना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर्जी र श्रीजङ–२ का कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समीर शेर्पा घाइते भएका छन् । उनको उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ । ट्र्याक्टर सडकबाट करिब एक सय ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस