भरतपुर ६ पारसनगरको सिंहबाहिनी दुर्गा मन्दिरमा देवीभागत ज्ञानमहायज्ञ हुने

शनिबार, ११ असोज २०७६, १२ : १२
भरतपुर ६ पारसनगरको सिंहबाहिनी दुर्गा मन्दिरमा देवीभागत ज्ञानमहायज्ञ हुने

चितवन । भरतपुपर महानगरपालिका ६ पारसनगरमा रहेको सिंहबाहिनी दुर्गा पाञ्चायन मन्दिरमा असोज १२ गत्तेदेखि २० गत्तेसम्म श्रीमद् देवीभागत महापुराण ज्ञानमहायज्ञ हुने भएको छ । महायज्ञ समारोह मुल समितिले आज पत्रकार सम्मेलन गरी कार्यक्रमवारे जानकारी गराएको हो । 

ज्येष्ठ नागरिक मिलनकेन्द्र, सत्संग भवन, पुस्तकालय निर्माण साथै दैनिक पूजा सञ्चालनका लागी अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागीएको मुल समितिकी अध्यक्ष रेखा पोख्रेलले बताईन । महायज्ञको महानगरपालिका प्रमुख रेनु दाहालले १२ गत्ते मध्यान्ह साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

करिव ३५ लाख संकलन हुने अपेक्षा गरीएको महायज्ञ सञ्चालनका लागी ६ लाख बढी खर्च हुने अनुमान गरीएको आयोजकले जनाएको छ । वडा न ६ को तर्फबाट महायज्ञ सञ्चालनका लागी ५० हजार रुपैँया सहयोग गरीएको वडा अध्यक्ष हरिविलास कोईरालाले बताए । 

महायज्ञको सम्पुर्ण तयारी पुरा भएको आयोजनकले जनाएको छ । २५१ सदस्यीय मुल आयोजक समिति गठन गरीएको छ भने विभिन्न २१ वटा उपसमिति पनि गठन गरीएको अध्यक्ष पोख्रेलले बताईन । दानविरहरुलाई कार्यक्रममा नाम घोषणादेखि ताम्रपत्रमा नाम लेख्ने, दोसल्ला सम्मान तथा भजनकिर्तनसहित घरबाटै ल्याउने लगायत विभिन्न सम्मान गरीने जनाईएको छ । ५ कठ्ठा क्षेत्रफलमा फैलीएको सो मन्दिर २०७१ सालमा स्थापना भएको हो । 
 

प्रतिक्रिया दिनुहोस