अख्तियारद्धरा शसस्त्र प्रहरी हवल्दार नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, १० असोज २०७६, १८ : ५२
अख्तियारद्धरा शसस्त्र प्रहरी हवल्दार नियन्त्रणमा

बुटवल । पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौरीयलाई ७ हजार घुस रकमसहित दिउसोँ  आज पक्राउ गरेको आयोगका सूचना अधिकारी  सुरेश भूषालले जानकारी दिए । घरायसी सामान लिएर फर्कर्दै गरेका एक व्यक्तिसँग प्रतापपुर गाउँपालिका–२ को एक किराना पसलमा पुगेर रकम लिँदै गर्दाको अवस्थामा उनी पक्राउ परेको सूचना अधिकारी भूषालले बताए । प्रकाउ परेका मौरिया अख्तियारको कार्यालय बुटवलमा राखेर थप अुनसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस