माल्टाका लागि गैर आवासीय राजदूतमा डा सुवेदी

शुक्रबार, १९ माघ २०७४, २० : २१
माल्टाका लागि गैर आवासीय राजदूतमा डा सुवेदी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि आवासीय राजदूत डा दुर्गाबहादुर सुवेदीलाई माल्टाका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चँुडालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस