काठमाडौं । फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको हो ।
अर्जेन्टिना एवं बार्सिलोनाका स्टार खेलाडी मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्डमा बाजी मारेका हुन् ।
यससँगै मेम्सीले फिफा अवार्ड सर्वाधिक जित्ने खेलाडीको नयाँ किर्तिमान पनि रचेका छन् । छैटौं पटक अवार्ड जितेका मेस्सीले यसअघि
रोनाल्डोसँगै पाँच पटक यस अवार्ड जितेका थिए । मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए ।
फिफाले मनोनयनको शीर्ष तीनमा रहेका मध्येबाट फिफामा आवद्ध सबै देशका राष्ट्रिय प्रशिक्षक र कप्तान, क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनोट भएका पत्रकार तथा फिफा डट कम मार्फत विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्दै आएको छ । मेस्सीले सबैको मतका आधारमा औसत ४६ अंक, भानडाइकले ३८ अंक र रोनाल्डोले ३६ अंक पाएका थिए ।
यसैगरी फिफा उत्कृष्ट बर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका योर्गेन क्लोप र महिला प्रशिक्षकको अवार्ड अमेरिकाकी जील एल्लिसले जितेका छन् । क्लोपले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र टोट्टनहामका माउरिसिओ पोचेटिनोलाई पछि पारेका थिए । उत्कृष्ट महिला खेलाडीको अवार्ड अमेरिकाकी मेगान रापिनोले जिनित् । उनले अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पारेकी थिईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०७६, ०७ : १६
लेखकबाट थप