नेविसंघको महाधिवेशन तोकिएकै समयमा

शुक्रबार, १९ माघ २०७४, १८ : ०९
नेविसंघको महाधिवेशन तोकिएकै समयमा

नगरकोट । नेपाल विद्यार्थी संघको विवादलाई लिएर पदाधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लामो समय समयसम्म महाधिवेशनको गतिविधिसम्बन्धमा उनीहरुले एकार्कालाई आरोप लगाएका छन् ।

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले संघमा देखिएको विवाद अहिलेको नभई २० वर्षअघिको नेतृत्वको गुटउपगुटको कारण हो भन्दै आगामी महाधिवेशन पार्टीभित्रको गुट उपगुटका कुनै पनि शक्तिले रोक्न नसक्ने गराउन केन्द्रीय समितिले आवश्यक तयारी अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले नेविसंघको आगामी महाधिवेशन तोकिएकै समयमा हुने बताउँदै महाधिवेशनका लागि तयार भएर बस्न देशभरका सदस्यहरुलाई निर्देशन दिनुभयो ।

कोषाध्यक्ष शिव रिमालले अध्यक्षको मनपरी निर्णयकै कारण वर्तमान अवस्था उब्जिएको हो भन्दै राम्रा कामको समर्थन र गलतको विरोध गरिने बताउनुभयो । नेविसंघ भक्तपुरका पूर्वअध्यक्ष एवं काँग्रेसका युवा नेता सुरेश श्रेष्ठले नेविसंघमा गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस