यस्तो रहयो सुष्मा स्वराजको नेपाल भ्रमण (फोटोफिचर)

शुक्रबार, १९ माघ २०७४, १५ : २६
यस्तो रहयो सुष्मा स्वराजको नेपाल भ्रमण (फोटोफिचर)

भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरिन ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरक नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकि थिइन् ।

 राष्ट्रपति र स्वराजबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेकि थिइन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवा र स्वराजबीच भेटवार्ता
शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको थियो । भटेमा नेपाल–भारतबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

एमाले अध्यक्ष ओली सँग भेटवार्ता
एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बिहिबार साँझ भेटवार्ता भएको थियो । स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोज राखेको थियो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  सुष्मा स्वराजबीच शुक्रबार बिहान भेतवार्ता भएको थियो । भेटवार्ताबारे पत्रकारहरुलाई जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘नेपालको चुनावपछिको परिस्थितिको कुरामा र सरकार गठनको तयारीको बारेमा सकारात्मक र रचनात्मक कुराहरु भए । उहाँले अब कसरी जाला भन्नेबारेमा केही जिज्ञासाहरु राख्नुभयो ।’


भेटमा छिमेकीसँगको सहयोग र सम्बन्ध राम्रो बनाएर आफूहरुले स्थायीत्व र विकास चाहेको धारणा राखेको पनि प्रचण्डले बताए ।  जवाफमा स्वराजले नेपालको स्थायित्व र विकासमा भारतको सम्पूर्ण सहयोग रहने बताएकी थिइन् । स्वराजले वामगठबन्धले जितेकोमा बधाइ समेत दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस