यस्तो रह्यो राष्ट्रपति र स्वराज बीच भेटवार्ता

शुक्रबार, १९ माघ २०७४, १३ : ३२
यस्तो रह्यो राष्ट्रपति  र स्वराज बीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो । (रासस)

 

प्रतिक्रिया दिनुहोस